काठमाडौं । पूर्वी नवलपरासीको देवचुलीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
देवचुली नगरपालिका गोरे घुम्ति भन्ने ठाउँमा आइतबार लु १ ज ३२७० नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृतकमध्ये ३ जना महिला र ३ पुरुष छन्। साथै, घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
ब्रेक फेल भएर जिप दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।