काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कने भएका छन्।
तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बिएफआर) मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठलाई कात्तिक १ गते हृदयाघात भएपछि बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पताल भर्ना भएका थिए ।
अस्पतालमा उपचारत श्रेष्ठ ५ दिनको उपचार पश्चात् कार्तिक ६ गते डिस्चार्ज भएका हुन् ।
स्वास्थ्य अवस्था सामान्य भएपछि गृहमन्त्री श्रेष्ठ आज स्वदेश फर्कन लागेका हुन्।