इजरायलमा मारिएका नेपालीकाे सम्मानमा राष्ट्रिय शाेक घाेषणा

काठमाडौं । इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको सम्मानमा सरकारले आज मंगलबारका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ ।

हिजो सोमबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रिय शोकको घोषणा गरेको हो ।

आज देशका सरकारी कार्यालय र विदेशस्थित नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।