Hotel Panchthar Nepco Media

यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी पालले दिए राजीनामा

काठमाडौ । महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० योगबहादुर पालले पदबाट राजीनामा दिएका छन्।

राजीनामा स्वीकृतिका लागि गृहमन्त्रालयमा पठाइएको प्रहरीका केन्द्रीय प्रवक्ता एवं डिआइजी कुवेर कडायतले जानकारी दिए।

महिला प्रहरी हवल्दारमाथि जेठ १९ गते यौन दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको थियो। उनीमाथि आरोप लागेपछि प्रहरीले छानबिन समितिसमेत गरेको थियो

समितिले उनलाई कारबाही गर्नुपर्ने सिफारिस गरेको थियो। त्यसअनुसार असार १ गते गृह मन्त्रालयले उनलाई निलम्बन गरेको थियो।

निलम्बनमै रहेका एसएसपी पालले राजीनामा दिएसँगै प्रहरी प्रधान कार्यालय नक्सालले स्वीकृतीका लागि गृहमा पठाएको हो।