काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भव्य स्वागत भएको छ।
गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहे प्रधानमन्त्री दाहाल चीनको छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा पुगेका हुन्।
उनलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत उपसचिव चेन योङ्छीले स्वागत गरेका थिए। उनको स्वागतमा त्यहाँको सांस्कृतिक नाचगान प्रस्तुत गरिएको थियो।
तस्बिरहरू : प्रधानमन्त्रीको सचिवालय