उपचार छाडेर चिकित्सकहरु सडक आन्दोलनमा

काठमाडौं । चिकित्सकहरुले शान्तिसुरक्षाको माग राखेर थालेको आन्दोलन बुधबार पनि जारी राखेका छन् ।

उपचारका क्रममा लापरबाही गरेको भन्दै चिकित्सकमाथि कुटपिटका घटना हुन थालेपछि आकस्मिकबाहेकका सेवा रोकेर चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।

चिकित्सकको आन्दोलनका कारण बिरामी मर्कामा परेका छन् । आन्दोलनरत चिकित्सकहरुलाई काममा फर्किन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले आग्रह गरेका छन् ।