Hotel Panchthar Nepco Media

सामूहिक हत्या अनुसन्धानका लागि एसएसपीकाे नेतृत्वमा छानबिन समिति गठन

काठमाडौं । काठमाडौंको गैरीगाउँमा भएको सामूहिक हत्या अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको हाे ।

टोलीमा काठमाडौं परिसरका डीएसपी हरि खतिवडा, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयकी डीएसपी सुरक्षा केसी, बानेश्वर बृत्तका प्रहरी इन्सपेक्टर विरेन्द्र केसी रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।

गएराति तीनकुने, गैरीगाउँमा एकै परिवार तीनसहित चार जनाको सामुहिक हत्या भएको थियाे ।

सो घटनामा संलग्नताको आरोपमा दिपेन्द्र राईलाई नियन्त्रणमा लिईएको छ, उनी सो हत्या भएपछि प्रहरीलाई खबर गर्न तीनकुने प्रहरी चौकी पुगेका थिए ।