काठमाडौं । काठमाडौँ महानगरपालिका-३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति हत्या भएको घटनामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले सोधपुछको लागि घटनास्थलबाट तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको हो ।
राईको कपडा र जुत्तामा रगतको दाग फेला परेपछि उनलाई सोधपुछको लागि नियन्त्रणमा लिइएको बताइएको छ ।
तीनकुनेस्थित दिव्य स मिलभित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष र दुई महिलाको शव फेला परेको थियो । जसमा तीन जना एकै परिवारका रहेका छन् ।
घटनाको सम्बन्धमा प्रहरीले तालिम प्राप्त कुकुर, अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी सूक्ष्म अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।