Hotel Panchthar Nepco Media

सप्तकोसी नदीमा पानीको बहाव उच्च, सबै ढोका खोलियो

सप्तरी । सप्तकोसी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका सबै ढोका खोलिएका छन् ।

पूर्वी पहाडी जिल्लामा लगातार वर्षा भइरहेकाले सप्तकोसी नदीमा पानीको बहाव बढेको हो।

सप्तकोसी पानीको बहाव बढेपछि अहिले खतराको सङ्केत स्वरूप रातो बत्ती बालिएको छ।

सप्तकोसीमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख ५० हजार कटेपछि खतरा मानिन्छ। सप्तकोसीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनको अनुरोधमा भारतले कोसी ब्यारेजका सबै ढोका खोलेको हो ।

सप्तकोसीमा पानीको बहाव बढेपछि आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।