आजदेखि मौसममा क्रमिक सुधार हुँदै

काठमाडौं। हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोसी, मधेस, गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज रातिदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ ।

महाशाखाका अनुसार आज दिउँसो कोसी, मधेस र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ।

कोसी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती कोसी, मधेस र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।