काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेट भएको छ।
आज बिहान ओली निवास बालकोटमा उहाँहरूबीच भेट तथा छलफल भएको हो। सो भेटवार्तामा दुवै नेताका बीचमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको थियो ।
जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा चौधरीले ओलीलाई धन्यवाद समेत दिएका छन्।
यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई लगायतसँग पनि भेटघाट गरेका थिए ।