आज समाजवादी मोर्चा घोषणा हुँदै

काठमाडौं । माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा आज हुँदैछ ।

राष्ट्रिय सभागृहमा आज अपराह्न तीन बजे घोषणा सभा आयोजना गरिएको छ ।

समाजवादी मोर्चामा माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा छन् ।

नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ । तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको छ ।