काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले आज सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने भएका छन् ।
सरकारले शुक्रवार ल्याएको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने भन्दै आज विरोधसमेत हुने बताइएको छ ।
प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका अध्यक्ष ओलीले सो नीति तथा कार्यक्रमलाई पार्टीले पारित गर्न नसक्ने धारणा पनि आज बस्ने प्रतिनिधिसभा बैठकमा राख्ने जनाएको छ ।