काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ८.६६ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २६४७ अंकमा कायम भएको छ । अघिल्लो दिन पनि नेप्से १५.३९ अंक बढेको थियो ।
नेप्से परिसूचक मात्रै नभइ कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको छ । अघिल्लो दिन ५ अर्ब ५५ करोडको कारोबार भएकोमा आज ६ अर्ब १४ करोडको भयो ।
१७० कम्पनीको मूल्य बढ्यो भने १०१ को घट्यो । त्यस्तै ८ कम्पनीको मूल्य स्थिर रह्यो ।
आज विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । यो समूहगत सूचक सबैभन्दा धेरै ०.९९ प्रतिशत बढ्यो । अघिल्लो दिन वाणिज्य बैंक (बैंकिङ) सबैभन्दा धेरै बढेको थियो ।
त्यस्तै बैंकिङ समूह ०.२४, फाइनान्स ०.०७, जलविद्युत् ०.८८, लगानी ०.४०, जीवन बीमा ०.५१, निर्जीवन बीमा ०.१०, अन्य ०.१२ तथा व्यापार ०.५० प्रतिशत बढे ।
माइक्रोफाइनान्स ०.०९, होटल तथा पर्यटन ०.०४ र उत्पादन तथा प्रशोधन समूह ०.३६ प्रतिशत घटे ।
मुक्तिनाथ कृषि कम्पनीको मूल्य सबैभन्दा धेरै १०.९८ प्रतिशत बढ्यो । हिमालय ऊर्जा विकासको ८.६२, कालिका लघुवित्तको ५.९६, मानुषी लघुवित्तको ५.५७, सिन्धु विकास बैंकको ५.०९, छ्याङ्दी हाइड्रोपावरको ४.८० प्रतिशत मूल्य बढ्यो ।
उन्नति सहकार्य लघुवित्तको मूल्य ३.३०, ओम मेगाश्री फर्मास्युटिकल्सको २.९४, सीवाईसी लघुवित्तको २.८२ तथा कालिन्चोक हाइड्रोपावरको २.७० प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा आज हिमालय ऊर्जा विकास कम्पनी, कुमारी बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, एनआईसी एसिया बैंक, हिमालयन पावर पार्टनर, लक्ष्मी सनराइज बैंक, शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।




























