१०औं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा आर्मीको विजयी सुरुवात

सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।

बुधबारको भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ३-० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

खेलको पहिलो हाफमा दुई गोल गरेको आर्मीले दोस्रो हाफमा आत्मघाती गोल उपहार पाएको थियो । त्रिभुवन आर्मीका लागि २३औं मिनेटमा जर्सी नं २१ का भरत खवासले पहिलो गोल गरेका थिए भने दोस्रो गोल जर्सी नं १० का लाकेन लिम्बुले ५२औं मिनेटमा गरेका छन् ।

खेलको ६४ औं मिनेटमा लुम्बिनी प्रदेशका जर्सी नं. ४ का विकास लिम्बुले बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गरे ।

पहिलो खेलमा एक खेलाडीले पहेँलो कार्ड पनि पाए । लुम्बिनी प्रदेशका फागुराम थारुलाई पहेँलो कार्ड देखाइएको म्याच अफिसर वीरेन्द्र पाण्डेले जानकारी दिए ।

आज दोस्रो खेल २:३० बजे कोशी प्रदेश र बागमती प्रदेशबीच हुनेछ ।