काठमाडौं । रास्वपाले स्याङ्जास्थित अर्जुनचौपारी गाउँपालिकाका सभापति कमलकान्त अर्याललाई पार्टीबाट निलम्बन गरेको छ ।
स्याङ्जा सभापति रुक्मागत भण्डारी (विश्वास) ले पालिका सभापति अर्याललाई निलम्बन गरिएको विज्ञप्ति मार्फत जानकारी गराएका छन् । अर्यालले पार्टीको विधि, विधान र अनुशासन विपरित विभिन्न गतिविधि सञ्चालन गरेको हुँदा उनी माथि छानविन गरेर निलम्बन गरिएको जिल्ला सभापति भण्डारीले बताएका छन् ।
पार्टीले निलम्बन गरेपछि जिल्ला नेतृत्वप्रति रुष्ट बनेका अर्यालले आफ्नो गल्ती सार्वजनिक गर्न माग गरेका छन् । अर्याल अर्जुनचौपारी गाउँपालिकाका रास्वपा संस्थापक सभापति हुन् ।





























