इनम सापकोटा प्रकरण : महेश श्रेष्ठलाई थुनामुक्त माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट

काठमाडौं । बिचौलिया इनम सापकोटासँग कनेक्सन देखिएको आरोपमा पक्राउ परेका महेश श्रेष्ठलाई थुनामुक्त गर्नु पर्ने माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट परेको छ ।

श्रेष्ठकी पत्नी यसुदा श्रेष्ठ थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा परेको छ ।

अदालतमा सेटिङको काम गर्ने गरेको आरोपमा पक्राउ परेका सापकोटासँग श्रेष्ठको कनेक्सन देखिएको र केही आर्थिक कारोबार समेत भएपछि उनी पनि अनुसन्धानमा तानिएका थिए ।

काठमाडौंको कीर्तिपुरबाट पक्राउ परेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

यो प्रकरणमा पक्राउ परेकाहरूविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाएको छ ।