त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु

सोमबार मध्यान्ह त्रिपुरेश्वरमा ऋद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा चालक गम्भीर घाइते भएका थिए। आगलागीबाट उनको शरीरको अधिकांश भाग जलेको थियो। घटनास्थलबाट तत्काल उद्धार गरी उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याइएकोमा उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ।  

आगलागीको कारण र घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।