रसुवा बाढीलाई ०७२ को भूकम्पसँग जोडेर अपव्याख्या गर्न खोजिएको भन्दै सरकारको ध्यानाकर्षण

 रसुवाको भोटेकोशीमा गएको बाढीको कारण २०७२ सालको भूकम्पसँग जोडेर अपव्याख्या गर्न खोजिएको भन्दै सत्तारुढ दल रास्वपा सांसद धनन्वय रेग्मीले सरकारको ध्यानाकर्षण गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘हिजो मात्रै वर्ल्ड वेदर एट्रीब्युसनको एउटा रिपोर्ट बनाएको छ । त्यसमा क्लाइमेट चेन्ज भएको कुरालाई त स्वीकार गरिएको छ तर कता कता २०१५ को अर्थक्वेक (भूकम्प) ले गर्दा हिमाली क्षेत्रहरू कमजोर भएर बसेको थियो, त्यसैले यो कुरा भयो भने जसरी आएको छ ।’

यसैलाई उनले रसुवा बाढीको कारण २०७२ सालको भूकम्पसँग जोडेर अपव्याख्या गर्न खोजिएको रुपमा लिएर सरकारको ध्यानाकर्षण गरेका हुन् ।

‘कता कता यो जुन क्लाइमेट चेन्ज थियो त्यसलाई कतै भूकम्प तिर जोडेर हाम्रो अहिलेको जुन हाम्रो जिकिर छ त्यसलाई कमजोर बनाउन खोजिएको त हैन ? जस्तो लागिरहेछ,’ उनले भने ।

यो बेला इसीमोड लगायत जुन जुनसुकै संस्था हुन् नेपालका विश्वविद्यालय सबैले सबै जुन डाटा पनि अगाडि लिएर आउँछन् तिनले तथ्यमा र वैज्ञानिक अनुसन्धानमा आधारित भएका डाटालाई अगाडि सार्नुपर्ने उनले बताए ।

तथ्यसहितको तिनै डाटालाई लिएर प्रधानमन्त्रीको युएनको महासभामा एटेन्डा राख्नुपर्छ पनि आग्रह गरे ।

उनका अनुसार, रसुवामा आएको विनाशकारी बाढी जलवायु परिवर्तनका कारणले आएको हो । थप अन्य केही साइन्टिफिक एभिडेन्स आएपछि त्यसमा अन्य कुराहरू पनि आउन सक्ने बताए ।

उनले भनेका छन्, ‘क्लाइमेट जस्टिस र क्लाइमेट फाइनान्सको कुरा र त्यसमा कुरा के आइरहेका छन् । यसकबारे नेपालसँग जति साइन्टिफिक एभिडेन्स छन् त्यसलाई युएन महासभामा गएर कुरा गरिराख्दा यसलाई प्रमाणित गर्न सकौं ।’

उनका अनुसार नेपालका डाटा एकातिर छदै छन् भने अर्कोतिर इसीमोडले गरेका केही अध्ययनहरू/अनुसन्धानहरु छन् । जसले विशेषगरी सेटलाइट इमेजबाट हिमाली क्षेत्रमा परिवर्तन आएको, हिमनदीहरू साना कोठाका आकारबाट दुई दुई किलोमिटर लामा भएको देखाएको उनले बताए ।

अझ प्रमाणै हेर्दै जाँदा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित भएका जर्नलहरूलाई हेर्न सकिने उनले सुझाए ।