काठमाण्डौ । नेपाल संगीत उद्योग संघले आयोजना गरेको कार्यक्रम “ अथक शान्त साधक विश्वनाथ केडिया” अमिन राष्ट्रिय म्युजिक अवार्ड २०८२ सफलता पुर्व सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय सभाका अध्यक्ष सम्माननिय नारायण प्रसाद दाहाल, विशिष्ट अतिथीहरु FNCCI का पुर्व केन्द्रिय सदस्य, गोकुल मिल्कका सञ्चालक तथा “5th AMIN NATIONAL MUSIC AWARD 2026” का टाइटल स्पोन्सर श्री सुमित केडिया, नरेशलाल श्रेष्ठ, दिनेश डि.सी, विसु कुमार के.सी , भक्त हमाल, डा. सुबोध गुप्ता, हेमराज ढकाल, लिलेन्द्र प्रसाद प्रधान, पशुपति पाण्डे, कमाला श्रेष्ठ, माधवराज खरेल, ज्योत्सना श्रेष्ठ, भरत आचार्य, रुपेशकुमार श्रेष्ठ, राज्यलक्ष्मी शाक्य, मिलन मोक्तान, बसन्त वित्यासी थापा, दुर्गा थापा, निर्णय श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, गोपाल कार्कीलाई सम्मान गरिएको संगीत उद्योग संघका महासचिब जित सागर रावतले जानकारी दिए ।
यसै गरी गायक दिपक लिम्बु, विनोद ढकाल, राधाकृष्ण सापकोटा, रक्षाबहादुर रैका मगर, सुवास जंग थापा मगर, तुलसी गिरी भावुक, तुलसी बाँस्कोटा, सुमन पण्डित वैरागी, ललित बहादुर थापा मगर, जमान सिंह अस्लामी मगर लगायत विशिष्ट व्यक्तीत्वहरुको बाक्लो उपस्थिती रहेको थियो ।
उक्त समारोहमा वरिष्ठ गायीका ज्ञानु राणा र वरिष्ठ गायक अमर तण्डुकार लाई राष्ट्रिय दिर्घ साधना सम्मान, वरिष्ठ कलाकार शिव श्रेष्ठ लाई राष्ट्रिय कलाकारिता सम्मान, सागर ढकाल, राजेन्द्र संग्रौला र डा । सुवोध गुप्ता राष्ट्रिय युवा व्यबसायी सम्मान, मिलन भट्टराईलाई राष्ट्रिय व्यबसयी सम्मान र वीर सिंह घलेलाई राष्ट्रिय समाज सेवी सम्मान द्वारा सम्मान गरिएको जानकारी कार्यक्रम संयोजक जानकी थापा मगरले दिनुभयो ।
उक्त अवार्ड समारोहमा विभिन्न विधामा उत्कृष्ट अवार्डहरु “सर्बोत्कृष्ट गायीका नेवारी गीत–राजामती ह–जयलक्ष्मी सिद्धी बज्राचार्य,” “सर्बोत्कृष्ट गायक नेवारी– ए जित – सुजितमान शाक्य”, “सर्बोत्कृष्ट मगरगीतमा (लहेस माजुङ ले) – रमिला ज्ञाङमी,” “सर्बोत्कृष्ट लिम्बु गीतमा (पालाम आनिङवा) – साम्बो फोम्बो लिम्बुनिरन्ता नेम्वाङ,” “सर्बोत्कृष्ट छायाँकार (सुङगुरको मासु) – सनम तामाङ,” “सर्बोत्कृष्ट शब्द रचना आधुनिक गीत (जे मन लाग्छ) – डि.आरं राई,” “सर्बोत्कृष्ट गायीका महिला नव (हेल्लो हाई नमस्कार) – मेनुका राई तामाङले हात पार्न सफल भए ।
“सर्बोत्कृष्ट मोडल पुरुष (भुईं सोरेर बिन्ती) – निनाम हाङ राई,) “सर्बोत्कृष्ट गायीका पप गीत (काली गोरी जे भएनी) – पेमा शेर्पा राई,” “सर्बोत्कृष्ट गायीका लोकदोहोरी (खोली सलल) – देवी घर्ती, “सर्बोत्कृष्ट लोक आधुनिक गीत (त्यो बुट्टे झोली) – हसन राई,” “सर्बोत्कृष्ट आधुनिक गीत महिला (जिउने छु म) – प्रश्ना शाक्य,” “सर्बोत्कृष्ट संगीतकार (सेल्फी हानौला) – शंकर थापा (स्माईल)”ले यस बर्षको अवार्ड सुरक्षित गर्न सफल भए ।
जुरी तर्फ “नेवारी गीत कार्ये कार्ये – सुनिल चित्रकार”, “संगीतकार प्रियतम – निर्वाण केरुङ”, “मोडल पुरुष हेल्लो हाई नमस्कार – सोनाम तामाङ,” “गायिका नव आँखैमा गाजलु –सुद्धलक्ष्मी श्रेष्ठ,” “शब्द रचना आधुनिक तिमी मेरो पारुहाङ – चन्द्र जयपाल राइले हात पार्न सफल भएका थिए भने “नारायण खतिवडाले दुःख देखाएर के काम काट पब्लिक च्वाईस् अवार्ड“ प्राप्त गरे समारोहमा “अनिल तुलाधरले एैला एैला र निर्मल रञ्जितकारले सर्बोत्कृष्ट नेवरी संगीतकार र सर्बोत्कृष्ट नेवारी गीत”को उपाधी हासिल गर्न सफल भए ।
कार्यक्रमका सभापति एवं नेपाल संगीत उद्योग संघका अध्यक्ष डा. सुर्य बहादुर मगरले प्रस्ट्याउँदै भने अवार्डको पाँचौ संस्करण सम्म आईपुग्दा पनि सबैको साथ उत्तिकै रहेको र कार्यक्रम सफल बनाउन अहम भुमिका निर्वाह गर्नु भएका सम्पुर्णमा धन्यबाद प्रकट गर्दै यसपालीको अवार्ड बिजेता हरुलाई सपलताको शुभकामना ब्यक्त गर्नुभएको छ ।






























