काठमाडौं । नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) बेचेर मासिक ३ करोड रूपैयाँभन्दा बढी रकम कमाउने सरकारी कर्मचारीसहित ४ जनालाई पक्राउ परेका छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।
अख्तियारको टोलीले यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा कार्यरत कम्प्यूटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्यूटर अपरेटर ९ज्यालादारी० मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज बाँकेका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोेटर ड्राइभिङ सेन्टर नेपालगञ्जका प्रोप्राइटर शरद कुमार गोराथोकीलाई पक्राउ परेका हुन् ।
अख्तियारले आरोपीहरूले नक्कली लाइसेन्स बनाउन प्रयोग गर्ने गरेको विद्युतीय उपकरणसहित बाँकेका विभिन्न स्थानहरूबाट चैत २७ गते बुधबार पक्राउ गरेको जनाएको छ ।
उनीहरू विरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताएका छन्।