व्यवसायहरुलाई अस्वस्थ प्रतिस्पर्दाको अन्य हुन्छ : भुवनसिंह गुरुङ

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्वका लागि यतिबेला चुनावी सभालाई तिव्रता दिएका छन् । संघको नयाँ नेतृत्वका लागि चुनावी प्रचारप्रसारमा नयाँ नेतृत्वका उम्मेदारीहरुले आफ्नो घोषण पत्रमार्फत प्रतिवद्धतासहित भोट मागिरहेका छन् ।

यप पटकको संघको निर्वाचन निकै रोचक देखिएको छ । दुई वटा प्यानल बनाएर चुनावी मैदानमा म्यानपावर व्यवसायीहरु हुमिएका छन् । संयुक्त व्यवसायिक समूह एमाले निकट व्यवसायीहरुको नरेश गेलालको प्यानलबाट उम्मेदवारी दिएका छन्, भने ३१औं नेतृत्वका लागि लोकतान्त्रिक एसोसिएशन र गाणतान्तिक मञ्चको संयुक्त प्यानलबाट भुवनसिंह गुरुङको नेतृत्वमा चुनावी मैदानमा छन् । उनै लोकतान्त्रिक एसोसिएशन र गाणतान्तिक मञ्चको संयुक्त प्यानलबाट भुवनसिंह गुरुङसँग हामीले सम्वाद गरेका छौं । वैदेशिक रोजगार व्यवसायी संघ अध्यक्षका प्रत्यासित उम्मेदवार गुरुङसँगको प्रतिवद्धतासहित संक्षिप्त कुराकानीको अंशस्

उनले नयाँ नेतृत्वमा आफु आएपछि वैदेशिक रोजगार व्यवसायीहरुको तमाम समस्याहरुको समाधान र हक अधिकारका निम्ति अहोरात्र खटिने बताए । उनले भने,  ुहामीले हाम्रो सामुहिक प्रतिवद्धता सार्वजनिक गर्नका लागि मात्रै नभएर कार्यान्वयन गर्नका निम्ति नै हो ,ु।

उनको मुख्य एजेण्डानै १०० यसंख्याको समस्यालाई अन्त्य गर्ने रहेको छ । व्यवसायहरुलाई अस्वस्थ प्रतिस्पर्दाको अन्य गने, कामदारको हित विपरीत वार्षिक १०० जना कामदार पठाउनै पर्ने बाध्यकातालाई नीतिगतमै रुपमै सधाका लागि अन्त्य गर्ने रहेको छ। समाधानका लागि ऐन संशोधनको प्रकृयालाई सम्वन्धित निकायमा विशेष पहल गर्ने र बैशाख २१ पछि हुने सदनमा समेत पेश गरी झन्झटिलो प्रकृया हटाउने प्रतिवद्धता रहेको बताए ।

वैदेशिक वयवसायी हुने सेवा शुल्कका समस्यालाई अन्त्य गर्न अन्तराष्ट्रिय अभ्यास र मापदण्ड अनुसार परिमार्जक गरी कामदारको कम्तीमा १ महिनाको तवल बराबरको शुल्क लिन पाउने व्यवस्था गर्न विशेष पहल हुने बताए । व्यवसायीहरुले राखेको धरौट रकमबाट व्याज पाउने व्यवस्था मिलाउने भन्दै उनले भने, ुव्यवसायीहरुले धरौट रमकबापत नेपाल सरकारको खातामा राखेको रकमबाट व्याज पाउने व्यवस्था समेत गराउने छौुं।

मागपत्र प्रमाणिकरण र कामदारका समस्यालाई समाधान गर्न कुनै कसुर बाकी नराख्ने बताए । त्यसको लागि विभिन्न देशमा रहेका कुटनीतिक नियोग तथा दूताबाससँग सहकार्य गर्दै दिढासुस्ती तथा विभिन्न प्रकारक अन्यमितताहरु हटाइने बताए । माग पत्र प्रमाणिकरण नीतिगत सुधार गर्ने गर्दै मागपत्र प्रमाणिकरण रोकिएका देशहरुमा तुरुन्तै सुचारु गराउन पहल गरिने बताए । नेपाली कामदारहरुको समस्या र सुरक्षका लागि दूताबास, परराष्ट्र मन्त्रालय र संघसँगै मिलेर सेफहाउस खोलेर प्रभावकारी सुविधा दिनेको लागि नीतिगतरुपमा नै सुधार गर्न आफ्नो गुरुयोजना रहेको दाबी गरे ।

व्यवसायीहरुको पेशासँग सम्बन्धित सम्पूर्ण कानुनी समस्याहरु समाधानका लागि संघले नै कानुन अधिकृतहरुले न्यायिक तथा अर्धन्यायीक निकायहरुमा व्यवसायीक कामहरु संस्थागत रुपमा संघको कानुन समितिबाट हुने गरि व्यवस्थापन मिलाउने योजना रहेको उने हामीलाई सुनाए । अन्तराष्ट्रिय संस्थाहरुसँग पनि सहकार्य गर्दे अगाडि बढ्ने बताए । उनले भने, ुअन्तराष्ट्रिय श्रम तथा रोजगारसँग सम्बन्धित आइ एल ओ , आइ सीआर सी, डिएफ आइईडीलगायतका संघ संस्थाहरुसँग सहकार्य र समन्वयन गर्दै व्यवसायी तथा कामदारको हितका लागि अझ प्रभाकारी काम गर्ने छौं ु।

नेपाली कामदारहरुको अन्तराष्ट्रिय बजारमा देखिने सम्भावनाहरु प्रवद्धनमा जोड हुनेछ । आगामी दिनमा संघले व्यावसायी तथा कर्मचारीहरुको व्यवसायीक क्षमता र अभिवृद्धि गर्नको लागि सीप विकास तथा नेतृत्व विकासका तालिमहरु प्रत्यक महिना सञ्चालन गर्ने बताए । उत्कृष्ट व्यवसायी, नँया पुस्ताका व्यवसायी, पुस्ता हस्तान्तरण भएका व्यवसायी तथा कर्मचारीलाई सम्मान गर्ने संस्कारको सुरुवात हामी नेतृत्वमा भएसँगै गर्ने बताए । आगामी संघले वैदेशिक रोजगारीमा प्रत्यक्ष तथा अप्रत्यक्ष सम्बन्ध राख्ने विभिन्न स्वास्थ्य संस्थाहरु ओरेन्टेसनहरु, इन्स्युरेन्स कम्पनी, ट्राभल एजेन्सीहरु तथा उनीहरुका संघ वा महासंघलगायत नेपाल सरकारसँग समेत सम्वन्वयनकारी भुमिका खेल्ने बताए ।