मेयर बालेन नभएको मौका छोपी प्रमुख प्रशासकीय अधिकृत कार्यालय प्रवेश छिरे

काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारी र महानगर प्रहरीबीच कार्यालय कमलादीमा घम्साघम्सी भएको छ।

तीन महिनादेखि कर्मचारीले तलब नपाएको भनी कर्मचारीलगायत वडाध्यक्ष सबै महानगरको कार्यालयमा पुगेका थिए। प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरोज गुरागाँई कार्यालयमा प्रवेशमा रोक लगाउन खोजिएको थियो। तर, कर्मचारीललगायतले गुरागाँई प्रवेश गराए ।

अहिले महानगरको कार्यपालिका बैठक जारी रहेको छ। महानगर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेले आदेशअनुसार काम गरेको बताए । महानगर मेयर बालेन शाह भने कार्यालयबाहिर छन्। उनी कार्यालयमा नभएको समयमा भिँडसहित गुरागाँई महानगर प्रवेश गरेका छन् ।