ग्लोबल आइएमई लघुवित्तमा कर्मचारी माग

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ।

कम्पनीले विभागीय प्रमुखरसहायक, प्रदेश प्रमुखरअनुगमन अधिकृत, शाखा प्रमुख र फिल्ड सहायक पदहरूमा केही संख्यामा कर्मचारी माग गरेको हो।

फिल्ड सहायक पद अन्तर्गतको कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायकमा एसईई पास गरेकाले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । तोकिएको अन्य योग्यता पूरा भएका इच्छुक व्यक्तिले आवश्यक कागजात सहित आगामी १५ दिन भित्र अनलाइन माध्यमबाट आवेदन दिनु पर्नेछ।

सवारी साधनको लाइसेन्स भएकालाई पहिलो प्राथमिकता हुने कम्पनीले जानकारी दिएको छ।