माओवादी केन्द्र पदाधिकारी बैठक खुमलटारमा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक खुमलटारमा सुरु भएको छ । बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा सुरु भएको हो ।

बैठकले पार्टी नेताहरुको कार्यविभाजन र पार्टीले सुरु गर्न लागेको अभियानको कार्ययोजना बनाउनेबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । गत पुस २१–२३ गतेसम्म बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन गर्ने निर्णय गरेको थियो। त्यसलाई टुंग्याउने जिम्मा प्रचण्डलाई दिएको थियो।