झापा । एक नम्बर प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि शनिबार झापामा आक्रमण भएको छ।
कनकाईस्थित दोमुखा क्षेत्रमा नेपाल प्रेस युनियनको कार्यक्रममा सहभागी भएर फकिँदै गरेका थापामाथि जामुनबारी चोकमा आक्रमण भएको हो। थापा नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलका नेता समेत हुन् ।
नेपाली कांग्रेसले आफ्नो पार्टीका कोशी प्रदेश सभापति उद्धव थापामाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । आक्रमणमा संलग्न भएका आरोपमा विद्युत प्राधिकरणका चालकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भीआईपी सवार गाडीलाई साइड नदिएको र भीआईपी भनेर चिनेपछि आक्रमण गरेको कांग्रेसले बताएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार थापाको निधारमा चोट लागेको छ । ‘घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा कानूनी कारबाही लागि सरकारसँग माग गर्दछ’, पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।