काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) परिवर्तनबारे टिप्पणी गरेका छन्। सरकारले दानबहादुर कार्कीलाई हटाएर डा. मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरेको विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका हुन्।
बुधबार पार्टी कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले भने, ‘उहाँहरूले अर्हाएको काम गर्छन् भनेर बनाएको होला।’
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो। त्यसपछि सरकारले एआईजी डा. मनोज केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गरेको हो।





























