दक्षिण कोरिया । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको छ । ल्याण्ड गर्ने बेला धावनमार्गमा चिप्लिएर विमान दुर्घटना भएको दक्षिण कोरियामा कार्यरत लाल बहादुर तामाङले जानकारी दिए।
जेजु विमान दुर्घटनामा परेको हो। विमानमा करिब १८१ जना सवार थिए । सो विमानमा १७५ जना यात्री र चालक दलका ६ सदस्य थिए । सो विमान थाइल्याण्डको बैंककबाट फर्किएको थियो । उनका अनुसार विमानमा आगो लागेको थियो । दुर्घटनामा २८ जनाको मृत्यु भएको पुष्टि भएको भइसकेको र थप विवरण आउने बाकी रहेछ ।



























