एजेन्सी । रूसी सेनामा कार्यरत भारतीय नागरिकलाई छाड्न राष्ट्रपति भ्लादिमिर पुटिन सहमत भएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी औपचारिक रूस भ्रमणमा छन्। सोमबार साँझ भएको रात्रीभोजमा पुटिन र मोदीबीच वार्ता भएको थियो। भारतीय समाचार संस्था एनडिटिभीमा अनुसार मोदीले भारतीय नागरिकलाई फिर्ता गर्न राष्ट्रपति पुटिन समक्ष अनुरोध गरेका छन् ।
मोदीको अनुरोधसँगै रूसले युक्रेनविरूद्धको युद्धमा सहभागी भएका भारतीय नागरिकलाई फिर्ता गर्ने सहमति भएको हो। कम्तिमा दुई जना भारतीय नागरिकको युद्धमा मृत्यु भएको एनडिटिभीले जनाएको छ ।