Hotel Panchthar Nepco Media

३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै

काठमाडौं । आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

यो वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नाराका साथ अपाङ्गता दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ का दिन अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको छ।