गाजामा अर्को चरणको युद्ध सुरु गरिएको इजरायलको घोषणा

एजेन्सी । इजरायल र प्यालेस्टाइनी  हमास समुहका बिचमा जारी युद्ध जारी छ। यो आक्रमणमा परी अहिलेसम्म झन्डै ९ हजार मानिसले ज्यान गुमाइसकेका छन् ।

गत अक्टोबर ७ मा हमासले अप्रत्याशित र अकल्पनीय रुपमा इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको युद्धको जवाफमा इजरायलले जल, जमिन र आकास तीनै स्थानबाट आक्रमण गरिरहेको छ ।

संयुक्त राष्ट्र संघका बहुमत राष्ट्रले हमास-इजरायल युद्ध रोक्नका लागि आव्हान गरेका थिए भने इजरालयसहित १४ देशले राष्ट्र संघको सो आह्वान अस्वीकार गरेका थिए । उनीहरूले युद्ध जारी राख्ने पक्षमा आफ्नो मत प्रकट गरेका थिए  ।

हिजो मात्रै युद्ध रोक्नका लागि राष्ट्रसंघले गरेको आह्वानलाई अस्वीकार गर्दै गाजामा इजरायलको युद्ध  ‘अर्को चरण’ मा प्रवेश गरेको इजरायली सेनाका प्रवक्ताले बताएका छन् ।