एजेन्सी । इजरायलमा प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले गरेको आक्रमणमा परेका दुई जना नेपालीको अवस्था गम्भीर छ।
परराष्ट्र मन्त्रालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिअनुसार १४ नेपाली कार्यरत रहेको एउटा फार्ममा हमासले आक्रमण गरेको थियो। आक्रमणमा ९ जना नेपाली घाइते भएका छन् भने २ जनाको अवस्था गम्भीर छ।
‘केही मानिसको ज्यान जाने गरी र कैयौं घाइते हुने गरी इजरायलमा आज भएको आतंकवादी आक्रमणको नेपाल सरकार कडा भत्सर्ना गर्दछ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, ‘संकटको यो घडीमा इजरायल सरकारसँग हाम्रो ऐक्यबद्धता व्यक्त गर्छौं।’