मेक्सिकोमा गोली हानाहान, एकको मृत्यु

एजेन्सी। मेक्सिको लुइसियानामा एक हाईस्कूलमा फुटबल खेलको क्रममा गोली चलेको छ ।

फुटबल मैदानमा भएको गोली हानाहानमा गोली लागेर १६ वर्षीय विद्यार्थीको मृत्यु भएको छ भने एक महिला घाइते भएका छन् ।

समाचार अनुसार अभियुक्तहरू अझै प्रहरी हिरासतबाट बाहिर छन्।

गोली लागेपछि पोर्ट एलेन हाईस्कूलको मैदानमा मेडिकल हेलिकप्टर अवतरण भएको प्रहरीले जनाएको छ, जहाँबाट उनलाई सीधै अस्पताल लगिएको छ ।

अस्पतालमा लगे लगत्तै चिकित्सकले विद्यार्थीलाई मृत घोषणा गरेका थिए ।