नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु

काठमाडौं । नेपाल–भारतबीच प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु भएको छ ।

नयाँ दिल्लीको हैदराबाद हाउसमा केहीबेरबाट बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री बालेन शाह, समकक्षी नरेन्द्र मोदी लगायत दुवै देशका उच्च पदस्थ प्रतिनिधिहरूको सहभागीता रहेको छ ।

यो बैठक सुुरु हुनुअघि प्रधानमन्त्री शाह र समकक्षी मोदीबीच एक्लाएक्लै भेटवार्ता भएको थियो ।

भेटवार्ता अघि प्रधानमन्त्री बालेनलाई राष्ट्रपति निवास हैदरावाद हाउसमा गार्ड अफ अनर प्रदान गरिएको थियो ।

भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको हो ।

सो क्रममा भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई न्यानो स्वागत गरे । स्वागतका क्रममा उनीहरूले अंकमाल गरेका थिए ।

लगत्तै उनले शाह राजघाट पुगेर गान्धी समाधिस्थलमा पुष्पहार अर्पण गरेका थिए ।

अहिले हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता जारी छ ।

दिउँसो १२:३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान र सञ्चारमाध्यमलाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यसपछि दिउँसो १:१५ बजे भारतीय प्रधानमन्त्रीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन् । दिउँसो ३:१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह साँझ ४:५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन् । उनी साँझ ६:३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ ।