दुर्घटना अपडेट दुवै हेलिकोप्टरका पाइलट सुरक्षित

काठमाडौं।  फेरिचे हेलिप्याडमा दुर्घटना भएका दुवै हेलिकोप्टरका पाइलट सुरक्षित रहेका छन्। आज बिहान सोलुखुम्बुको सगरमाथा बेसक्याप्स नजिकै फेरिचे हेलिप्याडमा अवतरणकाक्रममा एयर डाइनेस्टीको हेलिकप्टर र फिष्टेल एयरको हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुवै पाइलट सुरक्षित रहेको प्रहरीले जनाएको छ।

एयर डाइनेस्टीको 9N-AOD कलसाइन भएको हेलिकप्टर क्याप्टेन प्रज्वल केसीले उडाएका थिए भने फिष्टेल एयरको 9N-AJR कलसाइन भएको हेलिकप्टर क्याप्टेन रविन प्रजापतिले उडाएका थिए। प्रहरीका अनुसार फिष्टेल एयरका पाइलट प्रजापतिको खुट्टामा चोट लागेको छ।

दुर्घटनामा फिस्टेल एयरमा सवार दुई विदेशी नागरिकमध्ये भारतीय नागरिकको मृत्यु भएको छ भने न्यूजिल्याण्डका नागरिक घाइते भएका छन्।