एजेन्सी । भारतको दक्षिणी राज्य कर्नाटकमा बुधबार भएका दुई छुट्टा छुट्टै सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ ।
भारतीय प्रहरीका अनुसार २० जना घाइते भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा मारिएका सबै तरकारी विक्रेताहरू थिए, जो आफ्नो उत्पादन नजिकैको थोक बजारमा बेच्न गएका थिए ।
घाइतेहरुलाई हुबली जिल्लाको अस्पतालमा भर्ना गरिएको छ ।
त्यस्तै, राज्यको राईचुर जिल्लामा यात्रु बोकेको गाडी पल्टिँदा करिब २० वर्षका तीन विद्यार्थी सहित ४ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।