काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन १ हजार ९ सय रुपैयाँले बढेर १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ५८ हजार एक सय रुपैयाँमा कायम भएको थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर एक हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।