मोरङमा दुई तले काठको घरमा आगलागी, युवतीको दुवै हात र खुट्टा जल्यो

काठमाडौं । मोरङको सुनवर्षी नगरपालिकामा घरमा आगलागी हुँदा एक युवती घाइते भएकी छन्। आगलागीबाट घरमा समेत क्षति पुगेको छ।

सुनवर्षी नगरपालिका–६ स्थित प्रगति टोलमा गएराति करिब ८ः१५ बजे स्थानीय ७५ वर्षीय दिलबहादुर कार्कीको दुई तले काठको घरमा आगलागी भएको हो।

आगलागीमा परी कार्कीकी २६ वर्षीया छोरी निशा कार्की घाइते भएकी छन्। प्रहरी निरीक्षक बद्री दाहालका अनुसार आगलागीबाट निशाको दुवै हात र दाहिने खुट्टा जलेको छ।

घाइते निशालाई उपचारका लागि रंगेली अस्पताल पठाइएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

आगलागीको कारण खुल्न सकेको छैन। घटनाबाट भएको भौतिक क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ।