काठमाडौँ – दसैँ बिदा सकिएसँगै बीपी राजमार्गमा सवारी चाप बढेको छ। दसैँ मनाउन घर गएकाहरू काठमाडौं फर्किँदा राजमार्गमा सवारी चाप बढेको हो।
राजमार्गमा चहलपहल बढेसँगै सिन्धुलीका पर्यटकीय स्थलहरू सिन्धुलीगढी र सेल्फी डाँडामा पनि घुइँचो बढेको छ। यात्रुहरु त्यहाँ रोकिएर दृश्यावलोकन गर्ने, तस्बिर/भिडियो खिच्ने तथा स्थानीय उत्पादन सुन्तला र जुनार किन्ने गरेका छन्।






























