काठमाडौँ । बाढीपहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका तीन सडकखण्ड प्रभावित भएका छन्।
नेपाल प्रहरीले जारी गरेको आइतबार ६ः३० सम्मको सूचनाअनुसार गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ९ मा बाढीका कारण सोतिमस्थित फलामे पुल र आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध छ।
सुर्खेतको बराहताल गाउँपालिका–७, औलिसेमा पनि पहिरोका कारण कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ।
त्यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका–२, बैसरीको बेनी-जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ ।
































