काठमाडौँ । बडादसैँको पहिलो दिन आज (आईतवार) नेपालीहरूले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गाका नौ स्वरूपमध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा–आराधना गर्दैछन्।
हिन्दू परम्परा अनुसार दसैँघर वा पूजाकोठामा पवित्र घडा (कलश) स्थापना गरी जौको जमरा राखिन्छ। त्यसपछि विधिपूर्वक शैलपुत्री देवीको आह्वान गरी विशेष पूजा गरिन्छ।
देवीकवच र मार्कण्डेय पुराणलगायतका धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार, हिमालय पर्वतका राजा (गिरिराज हिमालय) की पुत्री पार्वती नै ‘शैलपुत्री’ हुन्। नवरात्रको पहिलो दिन यिनै शैलपुत्री देवीको दर्शन तथा पूजा गर्नाले सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ।































