काठमाडौँ । नेपाल नर्सिङ परिषद्को सदस्य पदमा ज्ञानु महर्जन, मोनिका जयसवाल, श्रुति साह र अर्चना पाण्डे बिष्ट नियुक्त भएका छन्।
नवनियुक्त सदस्यहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रालयमा आयोजित विशेष कार्यक्रमका बीच मन्त्री मेहताले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।






























