काठमाडौं– नेपाल र भारतबीच लामो समयदेखि कायम सीमा विवादका बाँकी विषयमा काम अघि बढाउन प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भएको छलफलमा सीमा स्तम्भको मर्मतसम्भार र संयुक्त स्थलगत निरीक्षणमा भएको प्रगतिबारे पनि समीक्षा भएको थियो ।
परराष्ट्रमन्त्री शिशिर खनालले जारी गरेको प्रेस नोटअनुसार दुवै प्रधानमन्त्रीले सीमासम्बन्धी बाँकी विषय कूटनीतिक माध्यमबाट अघि बढाउन निर्देशन दिएका हुन् ।
यद्यपि, कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका विवादित क्षेत्रबारे छुट्टै सहमति भएको सार्वजनिक गरिएको छैन ।
सीमा विवाद समाधानका लागि कुनै निश्चित समयसीमा पनि तोकिएको छैन ।
प्रधानमन्त्री तहबाटै परराष्ट्र सचिवहरूलाई निर्देशन दिइनुलाई सीमा विवादका बाँकी विषयमा थप कूटनीतिक छलफल अघि बढाउने पहलका रूपमा हेरिएको छ ।




























