काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दैछ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको हो।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्यहरू तथा सबै प्रदेशका सभापतिहरूलाई अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ।
बैठकको औपचारिक कार्यसूची (एजेन्डा) भने सार्वजनिक गरिएको छैन। यद्यपि, समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको साङ्गठनिक सुदृढीकरण तथा आगामी रणनीतिबारे छलफल हुने अनुमान गरिएको छ।
सत्तासाझेदार नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए अनुसार बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी, सदस्यहरू तथा प्रदेश सभापतिहरूको अनिवार्य उपस्थिति रहनेछ। बैठकका औपचारिक एजेन्डाबारे भने कुनै आधिकारिक जानकारी गराइएको छैन।






























