५५ हजारमा कोरिया जान पाइने

काठमाडौं । अब कोरिया ५५ हजार रूपैयाँमा जान पाइने भएको छ ।

रोजगार अनुमति प्रणाली ९ईपीएस०मार्फत् दक्षिण कोरिया जाने नेपाली कामदारका लागि ५५ हजार रुपैयाँ हवाई भाडादर कायम भएको हो । यसअघि कोरिया जान हरेक कामदारले १ लाख २३ हजार रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता थियो।

वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रा।लि।को प्रस्ताव स्वीकृति गरेसँगै नेपाली कामदार ५४ हजार ९ सय ९१ रुपैयाँमा हवाई टिकटमा कोरिया जान पाउने भएका हुन्।