Hotel Panchthar Nepco Media

सय जना श्रमिक नपठाउने म्यानपावर नवीकरण हुने

काठमाडौं । सय कामदार पठाउन नसक्ने इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीले पुनः नवीकरण गर्नुपर्ने भएको छ ।

वैदेशिक रोजगार विभागले आइतबार एक सूचना जारी गर्दै सय जना कामदार पठाउन नसक्ने म्यानपावरलाई नवीकरणका लागि बोलाएको हो ।

३१ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले २०७९/८० र २०८र८१ मा वार्षिक १ सय जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका म्यानपावर कम्पनीको आर्थिक वर्ष २०८१/८२ को लागि नवीकरण गर्न आएमा अन्तिम पटकका लागि नवीकरण गरिदिने गरी बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने निर्णय गरेको थियो ।

विभागले सोही अनुसार आर्थिक वर्ष २०८१र८२ का लागि इजाजतपत्र नवीकरण लागि म्यानपावर कम्पनीलाइ बोलाएको हो ।