काठमाडौं । वैदेशिक रोजगारीको क्रममा होस् वा अध्ययनको सिलसिलामा युरोप जाने नेपालीको संख्या बढेको छ । साउनमा युरोपमा जाने नेपालीको संख्या पनि उल्लेख्य देखिन्छ ।
वैदेशिक रोजगार विभागका अनुसार क्रोएसियाका लागि १६ सय ४९ जनाले श्रम स्वीकृति यस महिनामा लिएका छन् ।
त्यस्तै, पोल्याण्डका लागि ४६२, साइप्रसमा ४७८, रोमानियाका लागि ४७३, बेलायतमा १७७, रुसमा ५३, माल्टामा ६७२ जनाले श्रम स्वीकृति लिएको तथ्याङ्क विभागुँग छ ।