काठमाडौं ।एकसय वर्ष पूरा गरेका देशभरका ६१ जना शव्ताव्दी महिलापुरुषको कथा समेटिएको पुस्तक सार्वजनिक भएको छ ।
बर्मामा दोश्रो बिश्वयुद्द लडेका वीर सिपाही दोलखाका एकसय एक वर्षीय शताव्दी पुरुष चन्द्रबहादुर सुनार अनि त्यही बिश्वयुद्दमा २२ औ दिनसम्म बन्करमा बसेर ज्यान जोगाएकी अर्की शताब्दी महिला मोरङका एक सय दुई वर्षीया इन्द्रमाया पौडैलसम्मको जीवन संघर्ष समेटिएको पुस्तक विमोचन भएको हो ।
पुस्तकमा ऐतिहासिक घटनाका साक्षी यस्तै विशिष्ट व्यक्तिहरु जो एकसय वर्ष पार गरेर पनि जीवित छन्, उनीहरुको कथाव्यथा समेटिएको छन् । पुस्तकको नाम ‘शताव्दी व्यक्तित्व’ राखिएको छ । पुस्तकमा ६१ जना यस्ता शताव्दी पुरुष महिलालका संर्घषका अनुभबहरु समेटिएका छन् । देशका विभिन्न जिल्लाका उनीहरुको जीवनसंस्मरण पुस्तकमा समेटिएका छन् ।
राष्ट्रिय ज्येष्ठ नागरिक कोषले पुस्तकको प्रकाशन गरेको हो । पुस्तक एक सय १६ पृष्ठको छ । विक्रीवितरण गर्ने उद्देश्य नराखिएकोले पुस्तकमा मूल्य तोकिएको छैन । पुस्तकमा काठमाडौं, भक्तपुर, ललितपुरसहित देशका पूर्वमेचीदेखि पश्चिम महाकालीमा वसोबास गरिरहेका एक सय वर्ष पूरा गरेका शताव्दी पुरुष महिलाहरुको कथा समाविष्ट छन् ।
पुस्तक प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विमोचन गरेका थिए ।