पाल्पा । पहाडी जिल्ला पाल्पामा पनि डेंगु सङ्क्रमणको जोखिम बढेको छ ।
पहाडी जिल्ला पाल्पामा डेंगुकै कारण एक जना महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका वडा–६, बर्तुङ लामीडाडाँकी ६९ वर्षीया महिलाको मृत्यु भएको हो ।
साउन १६ गते डेंगु संक्रमण पुष्टि भएकी महिलाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा हिजो बेलुका मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । डेंगु संक्रमण पुष्टि भएपनि स्वास्थ्य अवस्था सामान्य रहेका कारण घरमै आराम गर्दै आएकी महिला पुनः स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि मिसन अस्पतालमा आएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।