Hotel Panchthar Nepco Media

राष्ट्र बैंकले ६८ करोड ५० लाख संस्थागत निक्षेप लगानी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६८ करोड ५० लाख रुपैयाँ संस्थागत निक्षेप लगानी गर्नै भएको छ ।

शुक्रबार राष्ट्र बैंकले बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको नाममा सुचना जारी गर्दै रकम लगानीको लागि आव्हान गरेको हो । उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धतीकोरुपमा लगानी गरिने राष्ट्र बैंकको भनाई छ।

राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि २०८१ मंसिर १६ गते देखि २०८२ मंसिर १५ गतेसम्म रहेको छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही मंसिर ११ गते मंगलबारसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुुपर्ने छ।

लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये बाँणिज्य बैंकहरुको लागि ५४ करोड ८० लाख, बिकास बैकहरुको लागि १० करोड २७ लाख ५० हजार र फाईनान्स कम्पनीहरुको लागि तीन करोड ४२ लाख ५० हजार रुपैंयाँ तोकिएको छ । रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा तोकिएको सिमाभित्र रहेको हुुनुुपर्ने लगायतका प्रावधानहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ।